Publisher's Synopsis
A collection of different types of work by Lekhnath Paudyal.
वि. सं. १९४१ पुसमा कास्कीको अर्घौ अर्चलेमा जन्मिएका कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली साहित्यका एक शीर्ष साधक हुन्। पौड्याल नेपाली पद्य साहित्यमा शास्त्रियता र दर्शनलाई कलापूर्ण, सरल र सरस तरिकाले प्रस्तुत गर्ने सिपका अगुवा कवि मानिन्छन्। सँस्कृत भाषाको पृष्ठभूमिमा हुर्किएर पनि नेपाली भाषाको काव्य सृजनालाई आधुनिक युगमा प्रवेश गराउने कामको आरम्भ लेखनाथबाटै भएको मानिन्छ।