Delivery included to the United States

पर्वत पर्वतमा बटुवा घाम (Parbat Parbatma Batuwa Gham)

पर्वत पर्वतमा बटुवा घाम (Parbat Parbatma Batuwa Gham)

Paperback (29 Apr 2023) | Nepali

  • $14.54
Add to basket

Includes delivery to the United States

10+ copies available online - Usually dispatched within 7 days

Publisher's Synopsis

कोमल भाव, गहन संवेदना, परिष्कृत विम्ब, दृश्यात्मक प्रतीक, सरल-सौम्य सामाजिक कथ्यप्रति पद्धतिबद्ध बनेर रचनाशीलतालाई अगाडि बढाइरहेका प्रखर कवि हुन् - रमेश क्षितिज ।

सामान्य र साधारणजस्ता लाग्ने कथ्यबाट असाधारण निष्कर्षसम्म पुऱ्याउने कलामा खप्पिस क्षितिजका प्रायः कवितामा अनुभूतिका सहस्र स्वरहरू, स्वरूपहरू, संवेगहरू उद्भाषित हुँदै गइरहेझैं लाग्छन्, शब्द शब्दबाट । कविता लेखनका प्रचलित धारहरूबीचबाटै आफ्नो सम्प्रेषण पद्धतिको सुकोमल मार्ग पहिल्याउन सक्नु उनको निजी वैशिष्ट्य हो ।

उनका कवितामा नेपाली पहाड, खोला, वन जङ्गल, गाउँ-गोरेटा, उकाली-ओराली, बेंसी- देउरालीहरू अनि नेपाली जनजीवनले जीवन्त बनेर आफ्नो भूमिका निर्वाह गर्छन्- कुनै आख्यानका चरित्रहरूले झैं ।

पूर्वीय दर्शनका गहन भाष्यहरू अत्यन्त सरलीकृत बनेर उनका कविताका पद-पदावली र हरफहरूमा हिंडिरहेका भेटिन्छन् भने कतै फेरि सुफी सन्तहरूका धीर प्रशान्त, कल्याणकाम्य वाणीका अन्तरङ्ग अनुनाद पनि उनका कवितामा सुन्न सकिन्छ ।

अतीत-जीविता, उदात्तता, शालीनता, सद्भाव, सह-अस्तित्व र सौन्दर्यका अनन्य आराधनाको कुञ्ज हो - पर्वत पर्वतमा बटुवा घाम । -अविनाश श्रेष्ठ

Book information

ISBN: 9789937753340
Publisher: Thuprai Solutions Pvt. Ltd.
Imprint: Book Hill
Pub date:
Language: Nepali
Number of pages: 134
Weight: 136g
Height: 198mm
Width: 129mm
Spine width: 8mm